संजय कुशवाहा / नवलपरासी १ साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ५ बाईस स्थितबाट ७ लाख ७६ हजार ६ सय ४० मुल्य बराबरको अवैध मिठाई सहित ट्रक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ट्रकमा अबैध रुपले भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा लु १ ख ६९०२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ९२ बोरामा १ लाख ७६ हजार ६ सय ४० मुल्य बराबरको चुरेल मिठाई फेला परेपछि प्रहरीले ट्रक चालक सहित ट्रक नियन्त्रणमा लिईएको हो ।
उक्त ट्रकको मुल्य ६ लाख बराबर रहेको छ भने ट्रक चालक पाल्हिनन्दन गाउँपालिका वाड न. ५ बस्ने वर्ष ४० को मोहमद धानि पठान रहेका हुन ।
उक्त नियन्त्रणमा लिएको सामान सहित ट्रक र ट्रक चालक आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

