वीरगंज, ३१ आषाढ
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले
प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनार्वाले संयुक्तरुपमा लागूऔषध wincerex-t ७६ बोतल पक्राउ गरेको हो।
सशस्त्र प्रहरी गुल्म वीरगंज र प्रहरी चौकी ईनार्वाबाट वीरगंज १६ भन्सार पछाडि मन्दिर नजिकैको खेतमा खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना २१ प ५६९४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा विभिन्न औजारहरु राख्ने ठाँउमा लुकाई छिपाई राखेको wincerex-t ७६ बोतल सहित एकजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख रामजङ्ग पाण्डेले जानकारी दिनुभयो।
त्यसैगरि पक्राउ पर्नेमा वीमनपा १४ बस्ने बर्ष ३२ को कौशर अलिलाई प्रतिबन्धित लागूऔषध र मोटरसाइकल सहित आवशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

