Rashtriya Dainik

घरेलु हिंसा तथा दाइजो प्रथा बिरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन

सिकेन्द्र सहानी / नवलपरासी , ३१ असार

तराईमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा कमि आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ ।

बढ्दो दाइजो र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित पश्चिम नवलपरासीको पाल्हिनन्दन २ हरपुरमा घरेलु हिंसा तथा दाइजो प्रथा बिरुद्ध सचेतनामुलक नाटक सम्पन्न भएको छ।

मिलिजुली युवा समुहकाे अायाेजना तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे सहयोगमा नाटक प्रदर्शन गरिएको छ ।

नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ । दाइजो र ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ । त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहोर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको तराईकाे तितो सत्य हो । जसलाई नाटकले प्रस्ट पारेको छ । विशेषगरी मधेसी समाजमा भनेजति दाइजो नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ।

सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजोप्रथा, छोरी जन्माएको कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ । समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजोप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले घरेलु हिंसा तथा दाइजो प्रथा बिरुद्ध सचेतनामुलक नाटक मञ्चन गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकाे सहजकर्ता गुलाम रसुल माेमिनकाे भनाई छ ।

प्रदर्शित नाटको मुख्य भूमिकामा राेहित कुमार खरबार , पुजा गुप्ता , नेहा लाेहार , अमित गुप्ता , बिन्द्रावती कुर्मी ,ममता लाेहार , पंकज गुप्ता , रिसिमुनि यादव र झपेन्द्र चाैधरी सहित कलाकारको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित