Rashtriya Dainik

पेट्रोलको मूल्य घट्यो

काठमाडौं, ३१ असार

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित इन्धनको मूल्य घटाएको छ । आज ‍(आइतबार) राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाउने निर्णय गरेकाे हो ।

अब ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोल काठमाडौँ उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ र डिजेल प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ भएको छ। डिजेल र पेट्रोलको मुल्य ठाउँ अनुसार फरक फरक हुने निगमले जनाएको छ ।

निगमले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि बढ्नेछ र मूल्य घटेर आउँदा घट्ने गरी पूर्ण स्वचालित प्रणाली लागू गरिएको निगमले जनाएको छ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउने गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित