राजन कुमार बानिया / पर्सा ,३० असार
पर्साकाे पटेर्वा सुगौली गाउँथपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट पारित गरि प्रस्तुत गरिएको छ।
शनिबार पटेर्वासुगौलीको स्वास्थ्य चौकीको सभा हलमा भएको ११ ओैं गाँउसभाकाे बैठकमा गाँउपालिकाकी उपाध्यक्ष ममता महताेले आगामी आर्थिक वर्षका लागि ३९ करोड २५ लाख ३ सय रुपैयाको बजेट पारित गरि प्रस्तुत गर्नु भएकोको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएकाे नीति तथा कार्यक्रम गाउँ सभाबाट बजेटमा कृषि प्राविधिक शिक्षालय निर्माण , पालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम,पालिका प्रमुख युवा स्वरोजगार कार्यक्रम पालिका उपाध्यक्ष सुत्केरी महिला कोशेली कार्यक्रम, रंगपुर बजार ब्यवस्थापन तथा निर्माण, मनिहर्वामा बसपार्क निर्माण, थारु संग्रहालय निर्माण, कृषि च्याम्बर निर्माण, मन्टेश्वरी कक्षा संचालन तथा ब्यवस्थापन तथा शिक्षा स्वास्थ्य ,कृषि , पर्यटन महिला बालबालिका , लगायत को बिषय मा प्रमुख प्राथमिकता मा राखिएको छ। गाउँ सभा मा १ देखि ५ नं वडा बाट समेटिएको बजेट पारित गरि प्रस्तुत गरिएको छ।
गाउँ सभा गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरी को अध्यक्ष्ा सम्पन्न भएको थियो।गाउँ सभा कार्यक्रम मा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव,वडाअध्यक्ष फारमान मियाँ ,बिजय गैरे, माधव महतो थारु, सुबास चौधरी, बिपिन मुखिया, लगायत कार्पालिका सदस्य गाउँपालिका महिला र पुरुष सदस्य ,कर्मचारी शिक्षा प्रमुख शम्भु साह, योजना प्रमुख राजकुमार महतो,अाईटि अौफिसर शैलेन्द्र पंजिया,लगायत कर्मचारी ,पत्रकार सुरक्षाकर्मी,लगायत स्थानिय हरुको सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

