Rashtriya Dainik

क्रान्तिकारी कम्युनिष्ट पार्टीको बर्दघाटमा मसाल जुलुस


नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नवलपरासी पश्चिमले बर्दघाटमा राँकेजुलुस निकालेको छ । शिवनगर कोलोनीबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर समापन भएको थियो ।

भष्ट्राचार एंव मानवबेचबिखनका बिरुद्ध तथा बैंकहरुले जथाभावी रुपमा ब्याजदर बृद्धि गरेको , बैक तथा बित्तीय संस्थाहरुले नागरिकहरुलाई ब्याज तथा किस्ताका नाममा सास्ती दिएको भन्दै सो पार्टीले आन्दोलन शुरुवात स्वरुप मसाल जुलुस गरेको पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैदेशिक हस्तक्षेप बन्द गर, महंगी भष्ट्रचारी कालाबजारी बन्द गर जस्ता नाराबाजी सहित नेता कार्यकर्ताले सत्ता ब्यवस्था बिरुद्ध बिरोध गरेका थिए ।

कोणसभामा सो जिल्ला ईन्चार्ज क्षेत्रीले मन्तब्य राख्नुभएको थियो भने जिल्ला सहसंयोजक गणेश बहादुर ढकालले संचालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित