Rashtriya Dainik

शुद्दोधनमा एक दिने वैदेशिक रोजगार अभिमुखीकरण कार्यक्रम

तुलसीराम पौडेल / फर्साटिकर, आषाड २९

रुपन्देही स्थित शुद्दोधन गाउँपालिका – २ अन्तर्गत वैदेशिक रोजगारमा जान चाहने युवा युवतीहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सौ फर्साटिकर स्थित रिद्दिसिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो ।कार्यक्रम नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आयोजनामा सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक भोजराज न्यौपाने ,राजु पन्थी,दिपक नेपाली र टेकराज पन्थीले गर्नुभएको थियो ।

वैदेशिक रोजगारको लागि दिनप्रतिदिन युवाहरूको आकर्षण बढदै गैइरहेको र युवाहरु दलालहरुबाट ठगिने प्रक्रिया पनि बढदै गैइरहेको अवस्थामा वैदेशिक रोजगारको सिलसिलामा युवा युवतीहरु सुरक्षीत गराउने उद्देश्यले विदेश जानुभन्दा अगाडि अपनाउनु पर्ने सावधानी ,सामाजिक सुरक्षा ,सेवा सुबिधा र विदेशबाट फर्केपछि अपनाउनु पर्ने कानुनी सचेतनाबारे प्रशिक्षण दिइएको थियोे ।कार्यक्रममा ६२ जना सहभागी भएको प्रतिस्ठानका आर्थिक प्रशासन शाखा प्रमुख दिपक नेपालीले जानकारी दिनुभयो ।

दिपक नेपालीको अध्यक्षता, शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवि ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुद्दोधन गाउँपालिका वडा नम्बर -२ का अध्यक्ष कमल खड्का ,स्थानीय समाजसेवी पदम बहादुर विकले शुभकामना मन्तव्य दिनु भएको थियोे ।


भोजराज न्यौपानेको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन टेकराज पन्थीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित