Rashtriya Dainik

पाँच बुँदे माग सहित नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरद्वारा श्रम मन्त्रालयलाई ज्ञापन पत्र

अारपि उपाध्याय / नवलपरासी , २९ असार

नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले प्रमुख जिल्ला अधिकारी मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।

नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदीको नेतृत्वको टोलीले पाँच बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो ।
ट्रेड युनियन काङ्ग्रेसले बुझाएको ज्ञापन पत्रमा श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागु गरिनु पर्ने, स्थानीय तहमा श्रमिकहरुको पञ्जिकरण गरिनु पर्ने, श्रम आयोग गठन गरिनु पर्ने, नीति निर्माण तहमा श्रमिकहरुको प्रतिनिधित्व व्यवस्था गरिनु पर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले श्रमजिविहरुको माग सम्बोधन हुने गरी यथाशिघ्र उक्त पत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने बताउनुभयो ।
आकासिदो महँगीको वर्तमान अवस्थामा सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुने गरी न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण नभए श्रमजिवीहरुको हकहित र अधिकारकालागि नेपाल ट्रेड युनियन काँग्रेसले कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य इन्द्र बहादुर महतो,सबिता रेग्मी, वरिष्ठ उपाध्यक्ष गोपाल बस्ताकोटी लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित