ज्ञानेश्वर सहानी / नवलपरासी २९ असार
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले चार महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने सात हजार बढीलाई कार्वाही गरेको छ।
चैत , बैशाख ,जेठ र असारमा ट्राफिक प्रहरीले ७ हजार ५० जनालाई कार्वाही गरेको हो ।
यस्तै गरि चैत महिनामा १७ सय जना बैशाखमा १७ सय ५० जना जेठमा १७ सय ५० र असार महिनामा १९ सय २० जनालाई कारबाही गरिएको छ । यो अवधिमा ४७ लाख ३३ हजार ५ सय बराबरको राजस्व सङ्कलन गरिएको छ भने चैतमा ११ लाख ५२ हजार ५ सय बैशाखमा ११ लाख ९९ हजार ५ सय जेठमा १२ लाख ४८ हजार र असारमा १३ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले जानकारी दिए ।
उनको अनुसार मापसेलगायतका चेकजाँचलाई नियमितता दिएका छौँ’, उनले भने, ‘रात्रिकालीन यात्रामा दुई चालक अनिवार्य गराएका छौँ।’चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ। चार महिनाको अवधिमा महिनामा जिल्लामा ५३ दुर्घटना भएको छ भने ११ जनाको मृत्यु र ४३ घाइते भएका जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले बताएको छिन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

