राजन कुमार बानिया
पर्सा २८ असार
पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयका शिक्षक देखि कार्यालय सहयोगीहरु आज देखि बिधालय बन्द गरेका छन। श्री सुकई साह माबीका प्रअ रामबिश्वास प्रसाद चौरसियाले क्षिक्षक हरुको तलब बाट मनोपोली तरिकाबाट तलबको ६ प्रतिशत कमिशन काटी ९४ हजार रकम बिधालयका प्रअ चौरसियाले काटेर अाफ्नो खलतीमा राखेका छन।गाउँपालिकाले शिक्षक लगायत बिधालयमा कार्यरत सम्पुर्ण कर्मचारी बालबिकास ,लेखापाल, र कार्यालय सहयोगीको त्रमासिक अन्तिम निकासा करिब १६ लाख समयमा पठाएपनी बिधालयका प्रअ चौरसियाले कमिशन स्वरुप ६ः प्रतिशतको रकम काटेर अाफ्नो खलतीमा राखेको पिडित शिक्षकहरुले जनाएका छन।प्रअ चौरसियाले सम्पुर्ण शिक्षक लगायत तलो तह का कर्मचारी हरु बाट करिब ९४ हजार कमिशन काटेर फरार भएको शिक्षक हरु ले जनाए का छन। प्रअ चौरसियाले शिक्षकहरुको तलब कमिशन बापतको रकम काटा गरि बिधालय अाउन छोडेको पिडित शिक्षकहरुले समस्या राखदै पेनडाउन गरि बिधालय बन्द गरेका छन।श्रीसुकई साह माबीका पिडित शिक्षकहरुले अाज गाउँपालिका कार्यालय मा पुगि गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता संग भेट गरि अाफ्नो समस्या राख्दै बिधालय का प्रअ चौरसिया लाई कार्वाहीको मांग गरेका छन। प्रअ चौरसियाले बिधालय प्रसाशन राम्रो शीत चलाउन नसके को र कमिशन खोर भएको कारण प्रअ लाई हटाउन र शिक्षक हरु लगायत अन्य कर्मचारी हरु बाट ६ः प्रतिशत कमिशन रकम फिर्ता गर्न र कार्यवाही गर्न मांग गरेका छन। यश बिषय मा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता संग बुझदा अध्यक्ष गुप्ताले भने शिक्षक ,बालबिकास,लेखापाल,र कार्यालय सहयोगी बाट ६ःप्रतिशत रकम फिर्ता गराउने र प्रअ चौरसिया लाई कार्वाही गरिने अास्वासन दिनु भएको छ। यसबारे बिधालय का प्रअ रामबिश्ववास प्रसाद चौरसियाले ६ः प्रतिशत रकम काटेको सिवकार गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

