काठमाडौँ , २८ असार । कर्मचारी सञ्चय कोषले साउन १ देखि सञ्चय कोष तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटी तथा कर्जामा लिने ब्याजदरमा नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
जसअनुसार सञ्चयकर्तालाई सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५० प्रतिशत गरिने लागिएको हो ।
सञ्चयकर्ता विशेष सापटीमा ८.६०, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ र सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्र कर्जामा ९.७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।
धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रूपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरिएको पनि कोषको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

