आरपी उपध्याय / नवलपरासी
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका ४ बाट अवैध रुपमा लुकाइ राखिएको रासायनिक मल प्रहरीले बरामद गरेको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.४ नयाँ गाउँ बस्ने तेज प्रसाद भुसालको घरको कोठाभित्र लुकाइराखेको विभिन्न परिमाणको रासायनिक मललाई गोप्य सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजेन्द्र थापा मगर सहित विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्री र गाउँपालिका का कृषि सम्बन्धि कर्मचारी सहितको टोलीले अनुगमन गर्दै जाने क्रममा उक्त रासायनिक मल बरामद गरिएको डिएसपी पौडेलले बताउनु भयो।
प्रहरी र गाउँपालिका प्रतिनिधि सहितको अनुगमन टोलीले भुसालको घरमा लुकाइ राखेको बायो सुपर फोस्फेट मल २६ बोरा र खुला मल २० किलो, रेक फोस्फेट मल २२ बोरा र खुला मल ७० किलो, युरिया मल १६ बोरा र खुला मल ३५ किलो गरि कुल ६४ बोरा र १६० किलो रहेको छ भने उक्त मलको अन्दाजी मूल्य १ लाख १५ हजार रहेको प्रहरीले बताएको छ।
बरामद मललाई थप कारवाहिको लागि त्रिवेणी भन्सार कार्यालयमा पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

