Rashtriya Dainik

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौँ / २७ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान अस्पताल लगिएको थियो ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित