Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा १५ किलो अवैध चरेश बरामद

वीरगंज, २७ असार

सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश सहित भरियाहरुलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले १५ किलो चरेश सहित दुईजनालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्मा वीरगंजले विशेष सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको BR22M४२०६ नम्बरको भारतीय प्लेटको मोटरसाइकलको ट्यान्की भित्र लुकाई छिपाई राखेको अवस्थामा ५०० ग्रामको ३० प्याकेट भित्र १५ किलो ग्राम चरेश पक्राउ गरेको सिमा सुरक्षा वीरगंज गुल्माका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिएका छन।

त्यसैगरि पकाउ पर्नेमा पटेर्वा सुगौली गपा वडा नम्बर ५ बस्ने बर्ष ५५ को सत्यनारायण माझी र सोही ठाँऊमा बर्ष ४० को प्रहलाद माझी सहित मोटरसाइकल बरामद गरि आवशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित