Rashtriya Dainik

भन्सार नीतिले सीमा नाका कडाइ , सुनसान हुन थालियो भारतीय बाजार

बिनोद निगम/नवलपरासी,२७ असार

एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र ठुठीबारीको व्यापार खस्किएको छ । नवलपरासीको महेशपुर नाका हुँदै भारतबाट सामान खरिद गरेर ल्याउन प्रशासनले कडाइ गर्दा भारतीय बजार ठुठीबारी, वर्गदवाको कारोबारमा भारी गिरावट आएको हो ।

भन्सार ऐनअनुसार एक सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउँदा भैरहवा भन्सार कार्यालयमा अहिले अनिवार्य प्रज्ञापन पत्र भरी राजश्व तिराउन थालिएको छ । जसले गर्दा नेपाली उपभोक्ता भारतीय बजार ठुठीबारी जान छाडेका छन् ।

९५ प्रतिशत भन्दा नेपाली उपभोक्तामा भर पर्ने भारतीय बजार ठुठीबारी अहिले सुनसान जस्तै छ । विगतमा दैनिक हजारौँ नेपाली उपभोक्ता भारतीय बजार सामान खरिद गर्न जाने गर्थे । महेशपुर भन्सार कार्यालयका सूचना अधिकृत मोहराज जैसीले असार ५ गतेबाट एक सय रुपियाँ बढीको सामान ल्याउँदा अनिवार्य प्रज्ञापन पत्र भर्न र राजश्व तिराउन थालिएपछि भारतीय बजार जाने नेपाली उपभोक्ता घटेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अनुमानमा अहिले करिब ८० प्रतिशत भारतीय बजारमा खरिद गर्न जाने उपभोक्ता घटेका छन्, ठुठीबारी गएर सामान लिएर आउनेले पनि भन्सारमा राजश्व तिरिरहेको छ ।” यसबाट भन्सार राजश्व राम्रो उठेको जैसीले बताउनुभयो । भन्सारका अनुसार अहिले खुद्रा सामानबाटै दैनिक करिब एक लाख भन्दा बढी राजश्व उठिरहेको छ ।

व्यापार घट्दै गएपछि भारतीय व्यवसायी आक्रोशित भएका छन् । विगतमा एउटै व्यक्तिले लाखौँको सामान ल्याउँथे । यसरी ल्याउनेले भन्सारमा प्रज्ञापन पत्र भर्ने गर्दैनथे । जसबाट दैनिक लाखौं राजश्व गुमिरहेको थियो । अहिले भन्सार, सशस्त्र र नेपाल प्रहरीले नाकामा कडाइ गरेपछि भारतीय बजार सुनसान जस्तै छ । भारतीय व्यापारीले कर्मचारी समेत घटाएका छन् ।

“हामीलाई सुन्नमा आएअनुसार ६० प्रतिशत कर्मचारी कटौती गरेका छन् रे परासीका स्थानीयले भने “अहिले जसरी निरन्तर भन्सार र सहायक नाकामा कडाइ गर्ने हो भने नेपाली बजार फस्टाउँछ । यसले मुलुकका लागि राम्रो हुन्छ ।” उहाँका अनुसार नाकामा कडाइ गरिएपछि भारतीय व्यापारी फुर्सदिला भएका छन् । कारोबार न्यून छ । चार गुणा कारोबार घट्दा उनीहरूले नेपाली व्यापारीको आलोचना गरिरहेका छन् । नाका सहज नगरे नेपाल–भारत सम्बन्धमै दरार आउने बताइरहेका छन् ।

चोरी बाटोबाट सुरक्षा निकायको आँखा छलेर अलिअलि सामान आए होला तर सबै नाकामा कडाइ गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित