Rashtriya Dainik

जयपृथ्वी बहादुर सिँहकाे सालिक सहित प्रतिक्षालय निर्माण

उत्तमकुमार थापा/ बझाङ

मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहकाे सालिक सहित यात्रु प्रतिक्षालय निर्माण भएको छ ।

बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर एकमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहकाे सालीक खडा गरिएको वडा नम्बर एकका अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे ।

उनले भने, जिल्लामा सबै बनाउन्छाै बनाउन्छाै मात्र भन्छन काम काेहि गर्दैनन । राज जयपृथ्वी बहादुर सिँह कुनै पाटीकाे हैनन तर उहालाई हेर्ने हाम्रो बझाङकाे नजर अलि फरक पायौं । म पनि राजा जयपृथ्वी बहादुर सिँहकाे परिवार भएको कारण बनाउने साेच बनायाैँ र छविस पाथिभेरा गाउँपालीका बाट आर्थिक बर्ष २०७९/२०८० मा काम छिटो सम्पन्न गरेवाफत मैले पाएकाे ५ लाख पुरस्कार काे बजेटले वडा नम्बर १ कार्यालय जयपृथ्वी राजमार्ग नजिकै सबैले देख्ने ठाउँमा उहाँको शालिक बनाएका हाै ।

मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहले बझाङकाे नाम बिश्वमा चिनाएका छन । उहाँ राष्ट्रिय विभूति पनि हुन । जयपृथ्वी बहादुर सिँह बझाङ जिल्ला बाट काठमाडौ गएर गाेरखापत्रकाे पहिलो सम्पादक पनि हुन । पत्रकारको क्षेत्रमा हेर्नेहाे भने उहाँको ठुलाे भुमिका देखिन्छ । तर यता जिल्लामा विभिन्न सँघ सस्था विद्यालय र स्थानीय सरकार जयपृथ्वी नगरपालिका उहाँकै नाममा कमाई खाने भाडा बनेका छन भने उहाँकाे एउटा सालीक पनि जिल्लामा बनाउन नसक्नु दुखदायी कुरा हाे ।

अहिलेसम्म सदरमुकाम चैनपुरमा आउने जनमानसले उहाँको सालिक देख्न पाए हुन्थ्यो भन्ने धारणा राख्दछन तर जिल्लाकाे मुटु नगरपालिका क्षेत्र अर्थात सदरमुकाम चैनपुरमा एउटा सालिक पनि छैन । निकै दुखदायी कुरा हाे । यसपालि छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहकाे सालीक बनाउदा उहाँ लगाएत स्थानीय सरकारलाई सबैले धन्यवाद दिएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित