Rashtriya Dainik

पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

वीरगंज, २६ असार
जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी कार्यालय पोखरियाले चेकजाँच गर्ने क्रममा कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई १२ किलो गाँजासहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

पासवानले बोकेको झोलाबाट १२ किलो गाँजा बरामद भएपछि अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित