राजन कुमार बानिया / पर्सा, २६ असार
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६ अौ गाउँ सभा सम्पन्न भएको छ।
छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको श्री मंगल माबीको सभा हलमा भएको कार्यक्रम लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो। गाउँपालिकाले गाउँसभा बाट अार्थिक वर्ष २०८०/०८१ को बजेट ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानुले प्रस्तुत गर्नु भएको थियोे ।
गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।
०८०/८१को बजेटमा छिपहरमाई गाउँपालिकाले बालिका स्वर्ण बिमा , बिबाह कन्यादान राशी र सहयोग राशी,।स्वच्छ सफा तथा हरित गाउँ लक्ष्यप्राप्तिको लागीबृक्षारोपन कार्यक्रम ।छिपहरमाई उज्यालो बिकास कार्यक्रम अन्तर्गत गाउँटोल टोल टावर लाईट,सोलार,पोल लाईटले उज्यालो बनाउने।समाजिक सुरक्षा अन्तर्गत गरिब असहायको साथ गाउँपालिका अध्यक्षको हाथ ।
वडा नं ४ तुल्सीवर्वामा बर्थिग सेन्टर निर्माण लगायतलाई अहिलेको बजेटमा बिषेश प्राथमिकतामा राखिएको छ। साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन। अध्यक्ष गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाईले बालिका स्वर्ण बिमा लिएर अाएको हो । छोरी जन्मने बितिकै छोरीहरुलाई बोझको रुपमा लिनेगरेको कारण गाउँपालिकाबाट दुई लाखको बिमा दिने गरेको ले २० वर्षको उमेरमा शिक्षा र बिबाहको सम्यमा काम लागने बताए ।
छिपहरमाई गाउँपालिकाको बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण बिकास गतिलिएकोमा सबै जनालाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थीहरुसंग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।
यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी समेत गरेका छन। गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालन गरि यश गाउँपालिकाको महिलाहरुलाई सेवा दिरहेको छ। पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंजको अस्पतालमा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिलाहरुले समयमा स्वास्थ्य संस्था जान नसकेको कारण महिला हरुलाई अकाल मृत्युु समेत हुने गरेकोले अाफ्फु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो। गाउँपालिकामा प्राबिधिक शिक्षा चलिरहेको छ।बिधालयहरुमा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर राखेने ।
नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ५५ लाख , बितिय समानिकरण १० करोड ६३ लाख २५ हजार,राजस्व बाडफाँड ७करोड ५९ लाख ३० लाख ८ सय ,अान्तिक अाय १ करोड १० लाख, समपुर्क ७० लाख, विशेष अनुदान १ करोड १५ लाख लगायत ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैया को बजेट पारित गरि प्रस्तुत गर्नु भएको छ। बिबाह कन्यदान राशीलाई पहिलो प्राथमिक्तामा राखिएको छ।
स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा राशी स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट अाउने अनुमानित बजेट जनाए का छन।
गाउँ सभा भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे। गाउँ सभामा पत्रकार लालबाबु बानिया लाई सम्मानित गरिएको थियो।
गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत सिकेन्द्र साह, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले गाउँ सभाका शुभकामना मन्त्ब्य ब्यक्त गरेका छन। गाउँ सभा गाउँपालिकाका , समपुर्ण महिला ,पुरुष सदस्यहरुको सहभागीता रहेको थियोे ।
गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल संजय पटेल, योजना प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, कृषीका भुलन प्रसाद, संचारकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन मेघराज साह रौनियारले गर्नु भएको थियोे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

