Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासी पश्चिमको एकता अधिबेशन हुदैं

नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जिल्ला संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र पारेको छ ।

प्रदेशमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि जिल्ला जिल्लामा एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र बनाइएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिनुभयो ।

तत्कालीन क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइने क्रम तीब्र भएको हो ।

एकता अधिबेशन , प्रशिक्षण तथा बैठक जिल्ला भरिबाट साबिकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा हुदै आएको छ ।
त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको पूर्व तयारी गरिरहेको जनाएको छ ।

जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीका अनुसार पश्चिम नवलपरासीको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक असार ३० गतेलाई तय गरिएको छ । हालै सम्पन्न प्रदेश पाँचको एकता अधिबेशनमा जिल्लाबाट एक प्रदेश सल्लाहकार र ११ जना प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । प्रदेश समितिको निर्णय कार्यान्वयनका लागि प्रदेश सदस्यहरु तम्तयार भएर लागि परेको सो पार्टीले जनाएको छ ।

एकता अधिबेशन पूर्व तयारीका लागि प्रदेश सदस्यहरुको बीचबाट जनभेटघाट र ब्यवस्थापन टोली समेत बनाइएको छ । त्यस्तै पाल्पा जिल्लाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही असार २८ गते हुने जिल्ला संयोजक मुक्ति गैरेले जनाउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित