Rashtriya Dainik

नेपाल प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण

आरपी उपध्याय / नवलपरासी २५ असार

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरले “सेवा नै धर्म हो” भन्ने मुल आदर्श अनुसार नेपाल प्रहरी श्रीमती संघको स्थापना भएको बताउनु भएको छ।
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा पुर्वी नवलपरासीको कावासोतिमा वृक्षारोपण कार्यक्रम पश्चात् आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कुवरले वृक्षारोपणले वातावरणमा स्वच्छता र सम्पुर्ण प्राणी जगतलाई बाच्ने आधार तयार हुने धारणा राख्दै विश्वमा भैरहेको जलवायु परिवर्तन कार्यलाई वृक्षारोपणबाट नै रोक्न सकिने जिकिर गर्नुभयो ।
हरियो वन नेपालको धन भएकोले वन रूपी धनलाई अझ बढी सुन्दर बनाउन खाली जमिनमा रुखविरुवा लगाएर वातावरण जोगाउने अभियानमा लाग्न सबैमा अपिल गर्दै अध्यक्ष कुवरले नेपाल प्रहरी श्रीमती संघ, यो अभियानमा लागिरहेको धारणा पनि राख्नुभयो। सो अवसरमा नवलपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसाल लगायतले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपुरको स्वामित्वमा रहेको साढे ३ बिगा जमिनमा आँप,लिच्ची,कटहर,मेवा,चिउरी,निम, सुन्तला,ड्रेगन फ्रुट्स,अमला,जमुना लगायत जातका ३२५ बिरुवा लगाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुवरले अमर प्रहरीका परिवार,पुर्व प्रहरीका परिवार, बाहालबाला महिला प्रहरी सङ्गको अन्तर्कृया गर्दै कल्याणकारी र व्यवसाय मुलक कार्यमा भएको प्रगतिबारे जानकारी लिदै व्यक्त जिज्ञासाको जवाफ पनि दिनुभएको थियो।
श्रीमती संघले आउदो भविष्यमा यथासम्भव सुविधा सहितको कार्यक्रम ल्याइने पनि बताइएको छ। नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अन्तर्गतका कार्यालय प्रमुख नेपाल प्रहरीका अधिकृत,सेवा निवृत्त प्रहरी परिवार लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक डिएसपी वेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित