उमेश बि.क / नवलपरासी , २५ असार
पश्चिम नवलपरासीको परासीमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर २ काे कार्यालय शुभारम्भ भएको छ।
साेमबार एक औपचारीक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले रिवन काटेर बिधिबत उद्घाटन गर्नुभएको हाे।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कण्डेलले काङ्ग्रेसको आन्तरिक लडाइँ हटाउदै अब सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै नेता कण्डेलले संगठन चलाएमान बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । आफू दिनरात संगठन निर्माणका लागि खटिरहेकाे बताउदै अबकाे दिनमा नवलपरासी काङ्ग्रेस कुनै पनि पाटीसंग गठबन्धन नगर्ने अभिब्यक्ति राख्दै साे स्थानमा काङ्ग्रेसका नेतृत्वदायी साथीहरू माैका पाउने बताउनुभयो । नेता कण्डेलले अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र जिल्ला एक ढिक्का भयर जनताको सेवक बन्ने बताउनुभयो ।अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह समेत गर्नुभयो । साथै नेता कण्डेलले काङ्ग्रेस बलियो रहेकोले सबै कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन पनि दिनुभएको हाे।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा २ काे सभापति माधव पाण्डेयकाे अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा , काङ्ग्रेस नवलपरासी उपसभापति बिक्रम यादव , नेपाली काङ्ग्रेसको वरिष्ठ नेता माेहन शर्मा, लुम्बिनी प्रदेशसभा सदस्य द्वय देवकरण कलवार , बैजनाथ जैसवाल ,काङ्ग्रेसको नेत्री कमला तिवारी , हिरा केसी, महासमिति सदस्य सुनिता श्रेष्ठ लगाएतले अाफु भित्र भएको तितामिठा कुरालाई बिर्सेर अब एकजुट भएर लाग्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, वडा सभापतिहरु , क्रियाशिल सदस्यहरु लगायत स्थानीयबासीहरुको बाक्लो सहभागीता रहेको थियो ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

