Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी प्युठानको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

रवि पाण्डेय
प्युठान – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्युठान जिल्ला संगठन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । प्युठान नगरपालिकाको बाग्दुलामा सोमवार सम्पन्न पार्टी एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले सुरजको संयोजकत्वमा २५ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । समितिको सहसंयोजकमा सन्तोष रहनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ५ नं. प्रदेश संगठन समितिका संयोजक अटलले कान्तिकारीहरुबीचको एकताले जनतामा नयाँ सन्देशको संचार भएको औंल्याउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सचिवालय सदस्य तथा युवा नेता समिरले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले बर्गसंर्घष उठान गर्ने तयारी गरेको बताउनुभयो । प्रदेश संगठन समितिका सहसंयोजकसमेत रहनुभएका उहाँले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य शिशिर र अर्का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज पहाडले जिल्लाको सापेक्षमा भएका थुप्रै सम्भावना र चुनौतीहरुमा केन्द्रीत रहेर मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा नेत्रको स्वागत मन्तव्य रहेको थियो ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित