उत्तमकुमार थापा / तलकाेट, २५ असार
तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले असहाय अनाथ र पिडित बालबालिकालाई सहयाेग गर्ने भएकि छन ।
स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित उपाध्यक्ष भण्डारीले आफू निर्वाचित भएको एक बर्ष भएको र आफ्नो पाउने सेवा सुविधा बाट करिव ३ लाख रुपैयाँ तलकाेट गाउँपालीकामा रहेका अनाथ असहाय टुहुरा बालबालिकाहरुलाई बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हाे ।
तलकाेट गाउँपालीका उपाध्यक्ष रहेकी पार्वती कुवर भण्डारीले यस अघि आफुले विभिन्न कार्यक्रम गरेको बताउदै आफ्नो स्थानीयतहमा आमा बुवा दुवै गुमाएका बालबालिका धेरै रहेको र उनलाई केही सहयाेग गर्न आफुले एक बर्षकाे आफ्नो पारिसर्मिक बाट यसपालि सहयाेग गर्ने प्रतिवद्दता गर्नु भयाे ।
भ्रष्टाचार विरुद्ध चर्को आवाज उठाउदै गाउँघरकाे बिकासमा अग्रसरता देखाएकी उपाध्यक्ष भण्डारीले यस्ता बालबालिका लाई सहयाेग गर्न पाउँदा भगवान्ले रक्षा गर्ने भन्दै,पिडितहरुकाे आवाज आफू बन्न सकु भन्ने उहाको भनाइ थियाे ।
पत्रकारकाे प्रश्न सबै पारिसर्मिक लिन्छन तपाईं किन सहयाेग गर्ने ? उपाध्यक्ष मैले पिडितकाे पक्षमा काम गर्ने स्वच बनाएकी छु । मेराे स्थानीय तहमा गरिव धेरै छन । तरपनि दुवै आमाबुबा गुमाएका बालबालिकालाई सहयाेग गर्ने उदश्य राखेकाे हुँ । उनले फेरि भन्नू भयाे म अरुले के गरे केही भन्दिन तर म गरिवकाे आवाज बनेर आएकाे छु तलकाेटी जनताले मलाई सेवा गर्न पठाएको छ ।
म निरन्तर जनताको सेवामा छु । सके सम्म सबैले राम्रो गर्नु पर्छ विकासको लागि पत्रकारकाे निकै भुमिका रहन्छ सबैकाे सल्लाह सुझावकाे अपेक्षा गरेकी छु । आफ्नो कार्यकालमा यस्तै राम्रो राम्रो काम गर्दै अगाडि बढ्ने छु । उनले भनिन मैले म काठमाडौ धनगढी जनताको काममा गएकाे बजेट घटाएर करिव ३ लाख रुपैयाँ हुन आउन्छ त्यहि मैले पाएको एक बर्षकाे सेवा सुविधा गरिव दुखिकाे लागि सेवामा लगाउदै छाै ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

