पोखरिया, २५ असार
पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका शैक्षिक तथा स्वास्थ्यका समस्या समधानको लागि र विकासको नाममा गरिएको अनियमितता विरुद्ध कालिकामाई गाउँपालिका अन्तर्गत रहेको कालिकामाई युवा समाज,ने.बि.संघ, तिन्डोभिया युवा क्लब लगायतका युवाहरुको टोलीद्वारा संयुक्त रूपमा पालिकाको वडा नं २ भेडिहारी स्थित श्री सुकई साह मा.बि. र वडा नं १ तिन्डोभियामा रहेको स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरिएकोछ छ।
श्री सुकई साह मा.बि.मा संयुक्त युवाहरुको टोली विद्यालयमा पुगी विद्यालयको प्र.अ. रामविश्वास प्रसाद चौरसिया संग कुरा गर्न खोज्दा आफू संग कुरा गर्ने समय नभएको बताएपछि युवाहरु द्वारा १० मिनेटको समय मात्र मागे पनि तपाईंहरू यसरी वडा कार्यालयको सिफारिस नलिकन विद्यालयमा प्रवेश गर्न नपाउने कुरा गरेपछि युवाहरु आक्रोसित बनेका थिए!
प्र.अ चौरसियाले कुरा गर्न तयार भएपछि युवाहरुले विद्यालयमा शिक्षक अभाव भएको कुरा तपाईंले पालिकामा पेश गर्नुभएको लिखतको फोटो कपी माग गर्दै शिक्षकहरूको दैनिक हाजरी हेर्ने प्रस्ताव राखे।
विद्यालयको प्र.अ ले आफु कुनै पनि हालतमा वडा अथवा पालिकाको पत्र बिना यो प्रस्ताव स्वीकार्य नगर्ने बताएपछि युवाहरुले सूचनाको हक हाम्रो मौलिक अधिकार भएकोले तपाईं जसरी पनि माग गरेको कुरा उपलब्ध गराउनै पर्छ भने पछि प्र.अ ले प्रहरी बोलाई संयुक्त युवा संगठनहरुलाई धम्काउने प्रयास गरेपछि विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो।
प्र.अ का अनुसार युवाहरुले उक्त वडाका सदस्य विजय साह र संजय शर्मालाई बोलाई आफूले माग गरेको कुराहरू उपलब्ध गराउन भनेपछि तपाईंहरू बिना जानकारी गराई एक्कासी विद्यालयमा आएको हुनाले आफूले शिक्षक हाजरी कुनै पनि हालतमा हेराउन नमिल्ने मनोवृत्ति हराएका थिए।
अन्त्यमा विद्यालयको शिक्षकहरूको दबाब पछि प्र.अ ले हाजरी हेराउन तयार भए पनि आफूले शिक्षक माग गरेको प्रतिलिपि भोलि अर्को दिन उपलब्ध गराउने वाचा गरेपछि संयुक्त युवा संगठनहरु विद्यालयबाट फर्केको थियो।
संयुक्त युवा संगठनहरुको अनुगमन टोली वडा नं १ को तिन्डोभिय स्थित स्वास्थ्य चौकीमा पुग्दा त्यहाँको स्वास्थ्य चौकी व्यवस्थित नरहेको हुनाले त्याहाँको जन्ताले खेपनु परेको सास्ती बारे आवश्यक पहलको लागि पालिकाको कार्यालय हरिहरपुरविर्ता पुगेको थियो।
पालिकाको विकास निर्माणको नाममा गरिएको टंकी तथा तरकारीको बीउ वितरण,धारा जडान,पंखा वितरण र बाटो निर्माणमा समेत भएको अनियमितता बारे उजुरी दिन गाउँपालिका को कार्यालयमा संयुक्त युवा संगठनहरु पुग्दा कार्यालयमा कुनै पनि सम्बन्धित करमचारी नभेटिँदा युवाहरु प्रमुख प्रशासकिय अधिकृत नमोनाथ यादव संग कुरा गर्न खोज्दा सम्पर्क हुननसकेपछि अर्को निकटतम व्यक्ति लाई सम्पर्क गरी यादवसंग कुरा गर्नुपर्ने प्रस्ताव पठाउँदा आफू अहिले कोहीसँग कुरा नगर्ने जवाफ दिएपछि संयुक्त युवा संगठनहरु ले पालिकाको सूचना पाटी र प्रशासकिय अधिकृतको कार्यकक्ष अगाडि संयुक्त विज्ञप्ति टाँसी घर फर्केका थिए।
संयुक्त युवाहरुको अनुगमन टोलीमा कालिकामाई युवा समाज अध्यक्ष आकाश चौरसिया,ने.बि.संघ कालिकामाइ अध्यक्ष राजेश कुशवाहा, तिन्डोभिया युवा क्लब अध्यक्ष कृष्ण पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो!
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

