Rashtriya Dainik

रामग्राममा जग्गाको विषयलाई लिएर देवरले गरे भाउजुको हत्या

बिनोद निगम / नवलपरासी ,२५ असार

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड १० मंझरिया स्थित तेजनारायण चौधरीको श्रीमती बर्ष अन्दाजी २५-२६ की मिरा चौधरीलाई जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदा आफ्नै देवार बर्ष २७ को चन्दन चौधरीले मोटरसाइकलको सकरले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पुयाएको थियो । त्यहाँ सामान्य उपचार गरी थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा पु-याउदा आइतबार साझ ९:०५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

मृतक चौधरीको टाउकोमा गहिरो चिट लागेको थियो । मृतकको शव पृथ्वीचन्द्र अस्पताल परासीको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम हुन बाँकी छ । हत्या आरोपित देवरलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मृतकको एउटा २ बर्षको छोरा रहेको र श्रीमान पनि बिदेशबाट आज घरमा आइपुगेको छ।

उक्त घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी प्रारमभिक अनुसन्धान पूरा गरि म्याद थपको लागि जिल्ला अदालत परासीमा पठाउने तयारी भईरहेको प्रहरीले बताएको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित