Rashtriya Dainik

रामग्राम नगरपालिकाद्वारा ३० लाख भन्दा बढी बिजुली बिल तिर्नु बाकी

ज्ञानेश्वर सहानी / नवलपरासी ,२५ असार

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले ३० लाख भन्दा बढी को नेपाल विद्युत प्राधिकरणलाई बिल तिर्नु पर्ने छ ।

समान्य ब्यक्तिको ५ देखि १० हजार रुपैया बक्यौता भएपछि नेपाल विद्युतका कर्मचारीहरु विद्युत काट दिन्छन तर सरकारी कार्यालयहरुमा लाखौं रुपैया वर्षौं देखि बाकी रहेको छ तर विद्युतका कर्मचारीहरुले सरकारी कार्यालयको लाईन काटने हिम्मत छैन स्थानियहरुले भने ।

रामग्राम नगरपालिकाको कार्यालय र उक्त पालिका भित्र रहेका सडक बत्ती अमरबन सवास्थ्य चौकी समेत विद्युत खपत वापतको रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३० लाख भन्दा बढी अहिले सम्म बाकी रहेको छ नेपाल विद्युत प्राधिकरण परासीका प्रमुख राम प्रमोद शाहले बताए ।

उनले भने अमरवन स्वास्थ्य चौकी समेतलाई पटक पटक बक्यौता रकम चुक्ता गर्न पत्राचार गरे पनि अहिले सम्म रकम चुकता गरेको छैन ।रामग्राम नगरपालिका वडा नं १८ स्थित रहेको अमरवन स्वास्थ्य चौकीलाई पनि बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको तर अहिले सम्म जम्मा गर्न ल्याएको छैन । जनप्रतिनिधि र कर्मचारीको कार्यालयको लाई काटन सकिन्न विद्युत कार्यालयका प्रमुख शाहले भने अमरवन स्वास्थ्य चौकीको लाईन यदि हामीहरुले काटयो भने खोप लगाउने औषधीहरु नष्ट हुन्छ त्यही भएर लाईन काटन सकेका छैनौं ।

कार्यालय प्रमुख राम प्रमोद शाहले भने जनप्रतिनिधि र सरकारी कार्यालयको तुलनामा मध्यम र गरीब वर्गका समुदायले विल अनुसारको रकम समयमा भुक्तानी गर्छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित