बिनोद निगम /नवलपरासी , २५ असार
पश्चिम नवलपरासीको प्रहरीले अबैध सामान बरामद गरेको छ । सरावल गाउँपालिका- ४ गोबरहिया चोकबाट भारतबाट भन्सार छली नेपाल ल्याएको सामान बरामद गरिएको हो ।
सोमबार बिहान ६:३० बजे युपि ५६ के ६८०८
मोटरसाइकलमा भारतबाट नेपाल ल्याउदै गरेको प्राप्त
सुचनाको आधारमा प्रहरी चौकी गोबरहियाबाट प्र.स.नि. हरी अधिकारीको कमाण्डमा खटि गएको गस्ती टोलीलाई देखेपछि तस्करले मोटरसाइकल र सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए
बरामद सामान कुर्ता सुरवाल ८१ पिस रु.४० हजार ५ सय), ओम लेखेको टिसर्ट सानो ठुलो गरी ६२५ पिस रु.१ लाख ४७ हजार ४ सय ८० गरी जम्मा मुल्य रु. १ लाख ८७ हजार ९ सय ८० बराबरको रहेको बताएका छन् ।
फरार तस्करको खोजतलास भइरहेको छ भने प्रहरीलें नियन्त्रणमा लिईएका मोटरसाइकल र सामान थप कारबाहीको लागि भन्सार कार्यालय महेसपुर पठाउने तयारी गरिरहेकोसमेत पाण्डेयले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

