Rashtriya Dainik

ठुलो मात्रामा लत्ताकपडा पर्सा प्रहरीद्वारा बरामद

वीरगंज, २५ असार

पर्सा प्रहरीले भल्सार छलि ल्याएको लत्ताकपडा र कष्मेटिक सामानहरु बरामद गरेको छ।

प्रहरीले विभिन्न नाकाहरुबाट अवैधरुपले भित्राएको कुर्ती सुरवाल,साडी र काष्मेटिक सामानहरु पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा र वडा कार्यालय श्रिपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको लत्ताकपडा , साडी तथा काष्मेटिक सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले बच्चाको कुर्ता सुरवाल- ५६ पिस, लेडिज कुर्ता सुरवाल ४१ पिस, साडी- ५२ पिस ,कष्मेटिक सामानहरू- १६० पिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।

पक्राउ परेका उक्त लत्ताकपडा , साडी र काष्मेटिक सामानहरु करिब ४ लाख रुपैया बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित