Rashtriya Dainik

स्रोत नखुलेको ४ लाख रुपैया सहित एकजना भारतीय सशस्त्र प्रहरी भन्सारको नियन्त्रणमा

वीरगंज २३ गते आषाढ

सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली ४ लाख रुपैयाँ सहित १ जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले स्रोत नखुलेको ४ लाख रुपैया सहित १ जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्मा वीरगंजले विशेष सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा स्कुटी सहित ४ लाख रुपैया सहित चालकलाई नियन्त्रणमा लिएको सिमा सुरक्षा गुल्माका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिएका छन।

त्यसैगरि उक्त रकम सहित पक्राउ पर्नेमा भारतको पुर्बी चम्पारण वारजितपुरकका राकेश जैयसवाललाई सो रकम सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मा भन्सार वीरगंजले मुल गेट स्थित पाण्डेको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश २-०३-०१६ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको ४ लाख नेपाली रुपैया र स्कुटर र जैयसवाललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ४ लाख नेपाली रुपैया र स्कुटी र जैयसवाललाई आवशयक कार्यबाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित