Rashtriya Dainik

भारी मात्रा लागु औषध सहित एक जना नियन्त्रण

बिनोद निगम/नवलपरासी ,२४ असार

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले निकै कडाइ गरेको छ । पहिलेको तुलनामा अहिले प्रहरीको कडाइ बढेको हो । दिनहुँ लागूऔषध लगायत अबैध सामानहरु बरामद हुने गरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ०१ सौवाटिकर बस्ने वर्ष ४४ को मनोज कुमार चमारले खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागू ओैषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा प्रदेश कार्यालय लागुऔषध नियन्त्रण एकाई, लागुऔषध ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ब.ना.नि. गोबिन्द त्रिपाठीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. धर्म बहादुर कुवंरको कमाण्डमा ५ जनाको संयुक्त टोलीले असार २२ गते साझ ६ बजे चमारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

चमारले आफ्नै घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १८६ पिस, फेनरागन १८८ पिस, नुफिन १८६ पिस, र कोरेक्स एस-कुफ़ १०, एमएल को १० पिस परिणामको लागुऔषध प्रहरीले फेला पारी रित पुर्वक उक्त लागुऔषध बरामद गरि चमारलाई पक्राउ गरिएका हुन ।

उनलाई जिल्ला अदालत नवलपरासीबाट आइतबार ५ को म्याद लिइ अन्य थप अनुसन्धान कार्य अगाडि बढाएको र उक्त लागुऔषध कारोबारमा संलग्न अन्य मानिसहरूको खोज तलास समेत गरिरहेको पाण्डेयले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित