संजय कुशवाहा / नवलपरासी २४ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकरबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय वर्ष ४४ का बिनोद कुमार चमार रहेका हुन ।
शुक्रबार लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय लागु औषध नियन्त्रण एकाइ ,लागू औषध ब्युरो शाखा कार्यालय भैरहवा रूपन्देहीबाट प्र.ब.ना.नि गोविन्द त्रिपाठी र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि धर्म बहादुर कुवरको संयुक्त कमाण्डको टोली चमारले आफ्नै घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो ।
प्रहरीले उनको घरको खाडलबाट डाईजापाम १ सय ८६ पिस , फेनरागन १ सय ८८ पिस , नुफिन १ सय ८६ पिस , कोरेक्स S.KUF १० ml को १० पिस बरामद गरेको थियो । बरामद गरिएको लागूऔषध र चमारलाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
उक्त लागुऔषध कारोबारमा संलग्न अन्य मानिसहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

