Rashtriya Dainik

नवलपरासी ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम

आरपी उपध्याय / नवलपरासी २२असार

नवलपरासी ट्राफिक कार्यालयको आयोजनामा जिल्ला अन्तर्गतका विभिन्न स्थानहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक ट्राफिक नियम संकेतबारे प्रशिक्षण गरिएको छ।
ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी,सवारी चालक, यात्रु र पैदल यात्रुहरूलाई प्रशिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रसिद्धिका कडेलले जानकारी दिनुभएको छ।

जिल्ला अन्तर्गत बर्दघाट,सुनवल,भुमही लगायत स्थानहरूमा दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रममा ट्राफिक वरिष्ठ स.इ. डम्मर गिरीले सहजीकरण गर्दै ट्राफिक नियमको पालनाबाट नै सवारी दुर्घटना घटाउन सकिने बताउनु भयो।
शुक्रबार भएको जनचेतनामूलक ट्राफिक नियम पालना सम्बन्धि भएको कार्यक्रममा करिब १५० व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जिल्ला ट्राफिक कार्यालयले राजमार्ग केन्द्रित जनचेतनामूलक कार्यक्रम गरिरहदा जिल्लाको दक्षिणी भेगका बेलाटारी,सुर्यपुरा,भुजहवा,सुस्ता लगायत स्थानमा पनि ट्राफिक नियमको पालना सम्बन्धि प्रशिक्षणको माग हुन थालेको छ।
पछिल्लो समय यता ट्राफिक नियमको पालना सम्बन्धि कार्यक्रमले निरन्तरता पाएपछि सवारी दुर्घटनामा कमि आएको पनि जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित