नवलपरासी / २२ असार
पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले उत्कृष्ट नतिजा दिएको छ । न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन् ।
६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा माथी अर्थात ए प्लसल्याएका छन । १३ जनाले ए,२३ जनाले बी प्लस,२० जनाले बी ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीले जानकारी दिनु भयो । अधिकारी भन्नुहुन्छ -“हाम्रो विद्यालयको बिगत देखीकै उत्कृष्ट नतिजा हो जुन यश बर्ष पनि कायम छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार सम्मान गर्नेछौं ।”
पाण्डेले प्राप्त गरेको अंक लुम्बिनी प्रदेश कै सर्बोउत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ । लुम्बिनी प्रदेशमा ४ वटा विद्यालयले फोर जिपिए ल्याए विद्यालय स्रोतको दाबी छ ।
पाण्डे पढाइ लेखाइमा मात्र नभै विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलाप उत्कृष्ट रहेका छन । आफ्ना हजुरबुबा र बुवाको साथमा भेटिएका पाण्डेले यो सफलता प्राप्त गर्दै विद्यालयको समेत नामराख्न सफल भएकोमा आफ्नो घर परिवार र विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी हजुरबाबा डालाराज पाण्डेले आफ्ना तिनै जना नातीनातीनाहरुले समेत न्यू लाईफमा अध्ययन गरेकै कारण नै उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै विद्यालय परिवारलाई धन्यवाद प्रकट गर्नु भएको छ ।
त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डि.बि.अधिकारीले सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

