राजन कुमार बानिया / पर्सा ,२२ असार
पर्साको पोखरिया नगरपालिका वडा न ७ रानिगंजमा अाज १८ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ।
पोखरिया नगरपालिकाको सहयोग तथा सिवमान्चल बिकास एन्ड संचार समाज प्रा ली पोखरिया को अायोजनामा महिला हरुको लागि सीप अभिबृद्विको लागि १८ दिने तालिमको समापन समारोह वडा नं ७ का वडा अध्यक्ष परमानन्द प्रसाद कुर्मीक़ो अध्यक्षता तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानक़ो प्रमुख आतिथ्यमा भएको तालिममा बोल्दै प्रमुख अतिथि चौहानले भने महिलाहरुलाई अात्मनिर्भर बनाउनको लागी सिपमुल्क कार्यक्रम ल्याएर राजगारी दिने सोच रहेको छ।

नगरपालिकाका महिलाहरु घर परिवार माथी अाशरित नभई अाफुले सिकेको सिप संचालन गरि अामदनी बन्नुमा जोड दिनु भएको थियो। अाउने दिनमा पनि सिपमुल्क कार्यक्रम योजनामा राखेर महिलाहरुलाई सहयोग गर्ने बताए ।ब्युटिसियन तालिम समापन कार्यक्रममा पोखरीया नगरपालिका का प्रमुख अधिकृत अजय श्रीवास्तव, समाजिक बिकास सहायक नरेन्द्र साह, पत्रकार लालबाबू बानिया, दिनेश मिश्रा, शैलेस गुप्ता ,वडा सचिव बिजय पटेल, सहायक सचिव मनोज पटेल, प्रशिक्षक रेखा नेवपाने , सहभागी महिलाहरू लगायतक़ो सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

