Rashtriya Dainik

सेमरीमा सशस्त्र प्रहरीद्वारा पिकअप गाडी सहित चावल बरामद

आरपी उपध्याय /नवलपरासी २२ असार

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गत गोपिगन्ज बजारमा भारतबाट ल्याइएको अवैध चामल सशस्त्र प्रहरी बल नेपाल सेमरी बेशको टोलीले बरामद गरेको छ।
अवैध रुपमा नेपाल ल्याइएको पिकअप भ्यान सहित चामल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
२६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले दिएको जानकारी अनुसार लु २ च २९ नम्बरको पिकअप भ्यानमा लोड गरि ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको र उक्त चामल र पिकअप गाडीलाई आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका सशस्त्र प्रहरी निरीक्षक श्याम थापाको नेतृत्वमा रहेको टोलीले चेकजाँच गर्दा चामल अवैध रहेकोले नियन्त्रणमा लिइएको बताइएको छ। पिकअप गाडिमा ४३ बोरा चामल रहेको र उक्त चामलको मूल्य १ लाख ५० हजार रहेको जानकारी गराइएको छ ।
पिकअप भ्यानमा लोड भएको चामल आवश्यक कारवाहिको लागि बुटवल पठाइदा चामल सहितको भ्यान बाटोमा पल्टिएको र अहिले पल्टिएको गाडीलाई उठाइ आवश्यक मरम्मद पछि बुटवल पठाइएको पनि बताइएको छ।
गाडी चालक रेसम चौधरी प्रहरीकै नियन्त्रणमा रहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित