Rashtriya Dainik

पोखरिया नगरपालिकाको सातौ नगरसभाको दोस्रो बनशत्रबाट ४५ करोड ६७ लाख ८० हजार बराबरको बजेट पारित

राजन कुमार बानिया
पर्सा २२ असार
पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाको दोस्रो बनशत्रबाट ४५ करोड ६७ लाख ८० हजार बराबरको बजेट पारित गरिएको छ। पोखरिया नगरपालिकामा रहेको सभा हलमा भएको सातौ नगरसभाको दोस्रो बनशत्रबाट बजेट पारित गरिएको हो। पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानको अध्यक्ष्तामा सम्पन्न भाएको छ। नगरसभालाई उद्वघाटन गर्दै भने काम गर्ने बेलामा बिधिन किसिमका बाधा अौरोध हुने गर्छ कतिपय जनप्रतिनिधिहरु नाराज होलन तर सबै संग हाथोमालो गरेर जाने प्रतिबद्धता गर्नु भए थियो।
उनले भने जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए। पहिला भन्दा करिब अाधी बजेट घटेको ले दुखेसो पोखे। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधि हरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।
नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको बजेट संघिय ससर्त अनुदान २१ करोड ५९ लाख ,संघिय सम्पुरक अनुदान ७५ लाख,संघिय विशेष अनुदान ७० लाख,प्रदेश सम्पुर्क२० लाख,प्रदेश विशेष अनुदान ३० लाख, २२ करोड १३ लाख ८० हजार गरि
४५ करोड ६७ लाख ८०हजारको बजेट पारित गरिएको छ। नगर सभा कार्यक्रममा वडा नं १ देखि १० सम्मका वडा स्तरिय योजना स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,बालिका स्वर्ण बिमा लगायत को योजना हरु को प्राथमिकता मा विशेष योजना नगरसभा बाट सर्वसहमत परित गरि एको छ। नगरसभा मा नगरउप प्रमुख रुबी ठाकुर नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटा, ,
नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो , रामप्रबेश चौहान,,नौसाद अालम, लक्षमण साह कानु, केदार महतो, शियानन्द चौहान, प्रमान्नद पटेल, किशोरी साह,सोनालाल साह, नगरपालिका को कार्पालिका सदस्य ,नगरपालिका महिला ,पुरुष सदस्य ,कार्यक्रम मा अधिकृत अजय श्रीबास्तव,लेखापाल मन्दिप महतो, , अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित