राजन कुमार बानिया
पर्सा २२ असार
पर्साको बिन्दबासिनी गाउँपालिकाका तत्कालिन अधिकृत राजु साहले हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझालाई स्वागत गरेका छन। बिन्दबासिनी गाउँपालिकाको सभाहलमा भएको फेरी भेटौला कार्यक्रमामा अधिकृत साहले अधिकृत ओझालाई स्वागत गर्ेका छन । सोही कार्यक्रम बाट अधिकृत साह लाई बिदाई गरिएको हो । बिदाई तथा स्वागत कार्यक्रम मा साह लेआफ्नो एक वर्षे ७ महिनाको कार्यकालमा गरेका महत्त्वपूणर् कामका बारेमा जानकारी गराउँदै आफनो अवधिमा बिन्दबासिनी गाउँपालिकाले गरेको विकास निर्माण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । अधिकृत साहले नयाँ अधिकृत ओझालाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले अधिकृत साहले पालिकाले गरेको विकास निर्माण लगायत सम्पुर्ण कार्यमा अग्रपंक्तिमा रहेको काम गरेको बताउँदैे आज पर्सा जिल्ला कै सम्पुर्ण पालिका मध्ये विकसित पालिकाको रुपमा पहिचान बनाउन अधिकृत साहको उच्च योगदान रहेको बताए । अधिकृत साहले स्थानीयसँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राखेको पनि उल्लेख गरे ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तिवारीले नयाँ अधिकृत ओझाको कार्य सफलताको शुभकामना दिँदै स्थानीयसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । बिन्दबासनी गाँउपालिकाको पदभार ग्रहण गर्दै बिहीबार देखि कार्यभार समभालदै अधिकृत ओझा आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अब मेरो कार्यकालमा पनि झन विकास निर्माणर्को कामले तिब्र गति लिने र पालिका बासिको चाहना अनुसार काम गर्ने बताए साथै गाउँवासीको हितमा काम गर्ने प्रतिबदता ब्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष मोहन यादव ,अच्छेलाल महतो, लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा प्रमुख कपिल लामिछाने लगायत पालिका सम्पुर्ण कर्मचारी स्थानिय समाजसेविहरुले शुभकामना दिएका थिए । कार्यक्रममा बिदाई हुनु भएका अधिकृत साहलाई मायाको चिनोले सम्मान गरिएको थियो । बिन्दबासनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राजु साह को सरुवा जिल्ला समन्वय समिति पर्सा भएको छ भने नयाँ अधिकृत छिपहरमाई गाउँपालिका बाट बिन्दबासनी गाउँपालिका हाजिर हुनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

