Rashtriya Dainik

सरावल १ बाल मैत्री स्थानिय शासन वडा घोषणा

उमेश बि.क / नवलपरासी , २१ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ लाई बालमैत्री स्थानिय शासन वडा घोषणा गरिएको छ ।

सरावल १ अादर्श मा.बि खाेखरपुराकाे सभाहलमा एक कार्यक्रम बिच जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले बालमैत्री स्थानिय शासन वडा घोषणा गर्नु भएको हो ।

सरावल गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष एवं बालमैत्रि स्थानिय शासन वडा घोषणा समारोहका अध्यक्ष विष्णुप्रसाद भट्टाईको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव (रूदल) काे प्रमुख अातिथ्यता भएको कार्यक्रमलाई सम्बाेधन गर्दै जिसस प्रमुख यादवले सरावल १ बालमैत्री वडाको घोषणा गर्नु निकै स्रहानीय कार्य भएको बताउनुभयो । उहाँले चाडैँ नै सरावलको प्रत्येक वडा बालमैत्री घोषण भएको हेर्न पाउ भनि यसको निरन्तरता र दिगोपनका लागि सबै निकायहरु लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यस्तै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पुर्व जनप्रतिनिधिहरुले गरेको प्रयासले सफलतापुर्वक वडा न. १ लाई बालमैत्री स्थानिय शासन घोषणा गर्न सफल भएको बताउदै सम्पूर्ण सहयोगिहरुलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो । उहाँले जिल्लामा सरावल गाउँपालिकालाई पहिलो गाउँपालिका रुपमा बालमैत्रि पालिका घोषणा गर्ने लक्ष्य रहेको र यसलाई २०८३ भित्र पुरा गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले सरावल पालिका भित्रका बालबालिकाहरुले देखेकाे सपना केही पूरा भएको र अरु पूरा गर्न बाकी रहेकोले यसतर्फ सबैजना साथ दिनुपर्ने बताउनुभयो । सरावल ४ देखि ७ सम्मकाे बालबालिकामा विभिन्न समस्याहरु भएकोले यसतर्फ बजेट देखि कार्यक्रमहरु विशेष रुपले कार्वान्यन गर्नुपर्ने बताउदै यश अभियान सफल बनाउन अहाेरात्र खट्ने सहयोगीहरुप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अाेम प्रकाश पन्थी , वडा नम्बर १ निवर्तमान वडा अध्यक्ष भेष नरायण चाैधरी ,नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष अाेम प्रकाश चाैधरी ,एबिसि नेपालकाे कार्यकारी निर्देशक मनाेज लामिछाने , किशोर किशोरी सन्जाल अध्यक्ष सन्दिप बि.क र राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क लगाएतले सरावल गाउँपालिकाको वडा नं. १ वडा बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय हो ।’ घोषणा कागजमा मात्र सीमित नभई आम बालबालिकाको पक्षमा हुने छ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

आदर्श मा.वि.खोखरपुराको प्रध्यानाध्यापक देवनारायण चौधरीको स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमको संचालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनालले गर्नु भएको थियो ।

यस अघि नवलपरासीकाे सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको छ ।

वालमैत्रि स्थानिय शासन घोषणा कार्यविधि २०७९ मा भएको व्यवस्था अनुसार ५१ वटा सूचकहरुको प्रक्रिया पूरा भएकोले सरावल १ बाल मैत्री स्थानिय शासन वडा घोषणा गरिएको हाे।

बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सूचकहरु शतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित