Rashtriya Dainik

नवलपरासीमा लागू औषध सहित तीन जना प्रहरीको नियन्त्रणमा

आरपी उपध्याय/ नवलपरासी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका १ मा भारतदेखी नेपाल तर्फ ल्याउदै गरेको ठूलो परिमाणको लागू औषध सहित २ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतापपुर १ को बाउन्न गढी स्थित दक्षिणबाट उत्तरतर्फ आउदै गरेको यूपी ५३ बीआर ५०९० नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा लागू औषध सहित २ व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सेमरीका स.इ. मदन बस्यालको कमान्डमा खटेको प्रहरी टोलीले लागू औषध राखिएको बोराको झोला सहित मोटरसाइकल चालक प्रतापपुर गा. पा. सेमरी बस्ने वर्ष २७ का आकाश धरिकार र मोटरसाइकल पछाडि बस्ने उच्चमी टाडिका किशोर केवटलाई नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताउनु भएको छ।
लागू औषध लिइ आउने अभियुक्तबाट प्रोक्सो स्पास्मो ४७५ ट्याबलेट र टोरेक्स १०० एम एलको १० बोतल बरामद गरिएको हो। लागू औषध सहित नियन्त्रणमा परेका धरिकार र केवट सङ्ग अनुसन्धानको क्रममा सोधपुछ गर्दा लागू औषधलाई प्रतापपुर १ बस्ने कमला खाड ठकुरीलाई बिक्री गर्नका लागि ल्याएको भन्ने खुल्न गएको प्रहरीको भनाइ छ।
ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलि सहितले खाडको घरमा रित पुर्वक खान तलासी गर्दा भान्साकोठा र कुखुराको खोरबाट लागू औषध बरामद भएकोले प्रारम्भिक अनुसन्धान पूरा गरि लागू औषध मुद्दामा म्याद थपको लागि जिल्ला अदालत परासी पठाइएको प्रहरीले जनाएको छ।
प्रतापपुर १ निवासी खाडको घरबाट प्रोक्सो स्पास्मो ८९ क्यापसुल, नाइट्रोभेट ३७८ ट्याबलेट, ओनिक्स ६ एम एलको १ बोतल र टोरेक्स १00 एम एलको १ बोतल रहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित