Rashtriya Dainik

वीरगंजको नाकाहरुमा प्रहरी प्रशासनको अाडमा व्यापक तस्करी

कृष्णा यादव , वीरगंज , २१ असार

सिमानाका मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको संरक्षणमा पर्साको भिस्वा नाकावाट व्यापकरुपमा कबाड, जुटको बोरा , हाडयेवर , लत्ताकपडा ,मोटर , मरिच लगाएतको सामानको व्यापकरुपमा तस्करी भईरहेको छ।

सशस्त्र प्रहरीले पर्साको सदरमुकाम वीरगंजको छेउछाउमा रहेका नाकाहरुमा देखावटीको लागि तस्करीमा कडाई गरि किराना सामान, घरयासी प्रयोजनका ल्याउने सामानहरु समेतमा कडाई गरि जनतालाई दु:ख दिएको छ भन्ने ग्रामीण भेगका नाका धोरै ,पकाहा भिस्वा , बुढगाई , टिहुकी लगाएतको नाकाहरुबाट छुट दिई ठुलो मात्रामा तस्करी गराउदै आएका छन।

सशस्त्र प्रहरी सिमा सुरक्षा प्रस्तावित गुल्मा र सशस्त्र प्रहरी बल बिओपी भिस्वाको संरक्षणमा धोरै , पकाहा भिस्वा, गुडगाई नाकावाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा ईलाची , लत्ताकपडा ,भैसी छोकडा,जुटको बोरा र हुन्डी रकमको कारोबार ठूलो मात्रामा भेैईरहेको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख दिपेन्द्र शाहले मधेश प्रदेशमा तस्करी बन्द गर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी पर्साका प्रमुख र गुल्मा र बिओपी पतिले निर्देशन विपरीत तस्करी लाईन दिई धज्जिया उडाउदै हिडेका छन।

सशस्त्र प्रहरीका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया र सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मा सबैठवा प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक केशव राज ओलिया र सशस्त्र प्रहरी बल भिस्वा बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापाको सेटिङ्गमा भिस्वाको नामुदत तस्करहरुले दिन्हु अवैध रुपले करोडौंको राज्शव छलि गरि सामानहरु भित्रयाउने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन।

भिस्वाका व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् ।

नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ। सो गोदामको छेऊछेऊमै रहेपनि रातिको समयमा सिमानाकामा रहेका सशस्त्र प्रहरीको सहयोगले रातीको समयमा कटाउने गरेको एक भेडियो क्लिपले उजागर भएको छ।

उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।

रातीको समयमा माल कटाउनको लागि भिस्वा बजार देखि सिक्टा बजार सम्म सुराकीहरु परिचालन गरि दादागिरी तरिकाले माल सामानहरु ट्याक्टरमा लोड गरि कटाउने गरेका हो।

त्यसै गरि केही दिन पहिला विभिन्न मेडियाहरु सबैठवा गुल्मा र भिस्वा बिओपीको मिलोमतोमा तस्करी भईरहेको समाचारहरु तस्करीको भिडियो र फोटो सहित आएपछि सशस्त्र प्रहरी बाहिनीका एसएसपी माधव पौडेलको टोलीले अनुगमन गर्द तस्करी भईरहेको प्रमाण फेला परे पनि माथिलो हाकिमहरुको दबाबको कारणले केही कार्यबाही हुन नसकेको नाम नखुल्ने सर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन।

यस्ता गतिविधि तर्फ सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी शाह र आईजिपी राजु आर्यलको यस्ता गतिविधि तर्फ उहाँहरुको ध्यान जान यति आवशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित