उमेश बि.क / नवलपरासी , २० असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ ।
वडाका सबै गर्भवति स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने दरमा शतप्रतिशत भएपछि वडालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो ।
सरावल २ कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ताकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष बासमती हरिजनकाे विशिष्ट आतिथ्यतामा वडालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो ।

वडा नम्बर २ मा रहेको मनरी स्वास्थ्य चौकीमा एक समारोहको आयोजना गरी मंगलबार पालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल , वडा नं. १ का वडा अध्यक्ष बिष्णु भट्टराई , स्वास्थ्य शाखा प्रमख ओम नारायण देवकोटा , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम नारायण खनाल लगाएतकाे उपस्थिति रहेको थियोे ।

नियमित गर्भ जांच , संस्थागत सुत्केरी ,उत्तर प्रसुति जांच बढाउन सरावल गाउँपालिकाले अन्तरिक श्रोतबाट नियमित रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउने, गर्भावस्थाका जोखिमलाई पत्तालाई निराकरण गर्ने, नवजात शिशुका खतराका चिन्हलाई समयमा नै भेटाई निराकरण गर्न सकिने, कार्यक्रमको महत्व अन्य स्वास्थ्यसंस्थामा दर्साई देशभर हुने मातृ तथा शिशु मृत्युदर घटाइने उद्देश्य लिएको छ ।

सरावल गाउँपालिकाले सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप २ नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

