बिनोद निगम / नवलपरासी , २० असार
नवलपरासी सदरमुकाम परासीमा रहेका विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् ।
नवलपरासीका अधिकाम्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३०-४० जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ६०–७० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।
अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई भेडाबाख्रा जस्तो बोक्ने गरिएको छ ।

बसमा उभ्भिने समेत ठाँउ नहुने गरि विद्यार्थी बोक्ने गरेका छन् । क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस निर्वाद गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन । लिटिल एन्जल्स हाई स्कुल र न्यू सन् राइसको स्कुल बसले क्षमता भन्दा बढी विद्यार्थी बोकेका छन् ।
यी त प्रतिनिधि मुलक नाम मात्रै हुन् नवलपरासीका अधिकाम्स विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । लिटिल एन्जल्स हाई स्कुलकै लु १ क ५६२६ नम्बरको स्कुल बसमा त भित्र पस्ने ठाँउ समेत नहुने गरि विद्यार्थीहरु कोचाकोच गरेर उभिने गरेका छन् । त्यस्तै पल्हिनन्दन स्थीत न्यु सन् राइस बोडिङ्ग स्कूलको लु १ क १८०९ नम्बरको स्कुल बसले एउटै बसमा करिब ६० जना विद्यार्थी बोक्ने गरेको छ ।

स्कुल बसमा एउटै सिटमा ४ जना विद्यार्थीसम्म राख्ने गरिएको छ । कुनै पनि सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नमिल्ने र विद्यालय बस त अझ संवेदनशिल भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी मौन रहेको देखिन छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

