Rashtriya Dainik

पाल्हीनन्दनका २१ छात्राहरुलाई निशुल्क साईकल वितरण

विनोद निगम/ नवलपरासी ,१९ असार

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न.५ गेरमीमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत राजनारायण माध्यमिक विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

राजनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सम्भु प्रसाद गुप्ताको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवार ( नाथु जैसवाल) को प्रमूख अतिथीकतामा सम्पन्न भएको छ।

आज मंगलबार भएको एक समारोह आयोजन गर्दै कक्षा ११ र १२ मा अध्यनरत छात्राहरुलाई लुम्बिनी प्रदेश सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कार्यक्रममा बोल्दै कलवारले बेटी पढाउ,बेटी बचाउ अभियान लाई सफल पार्न तथा शिक्षामा छात्राको पहुच बढाउन अन्य क्षेत्रमा पनि छात्रा लक्षित कार्यक्रम संचालन गर्ने बताए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैंजु प्रसाद गुप्ता( दीपक),अतिथिको रूपमा वार्ड नं ५ का वडा अध्यक्ष दयाशंकर त्रिपाठी,विद्यालयका प्रधानध्यापक,शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित