Rashtriya Dainik

नवलपरासीको बर्दघाटमा आगलागीबाट ३७ लाख भन्दा बढीको क्षति

आरपी उपध्धयाय / नवलपरासी

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ स्थित बर्दघाट बजारमा सिलिन्डरबाट ग्यास लिक भइ आगलागी हुँदा एक व्यक्ति घाइते हुनुका साथै केही फेन्सी र फार्मेसी पसलमा क्षती भएको छ।
बर्दघाट बजार बस्ने बम बहादुर थापाको दुई तल्ले घरमा सटर भाडामा लिइ बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय पश्चिम न.प. का सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
आगलागी भएको घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र के.सि. को नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थलमा पुगि दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
आगलागीबाट बर्दघाट १0 बस्ने वर्ष ३१ का सुरज चौधरीको फोटो स्टुडियो आंशिक क्षति भएको र आगो निभाउदा चौधरीको अनुहार पोलिएको थियो। त्यसैगरी बर्दघाट लक्ष्मीनगर बस्ने वर्ष ३० का दुर्गा न्यौपानेको फेन्सी पसल क्षती भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट बर्दघाटकै शिवलाल चौधरीको फार्मेसी र बर्दघाट १६ कुकुरमारा बस्ने वर्ष ३३ की पुजा सोनीको सैलुनमा आंशिक क्षती भएको प्रहरीले बताएको छ। आगलागीबाट ३७ लाख ५ हजार क्षती भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित