Rashtriya Dainik

पर्सामा विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण

राजन कुमार बानिया /पर्सा ,१८ असार

पर्साको पोखरिया नगरपालिकामा अाज पालिका स्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले भने विपदको कुनै समय हुदैन एकासी अाउन सक्छ, सबै सरोकारवालाहरुलाई अाफु र अाफ्नो जनसमुदायहरुलाई समय मै सचेत गराउन अाग्रह समेत गरे ।

प्रशासकीय अधिकृत सापकोटाले भने पालिका स्तरिय गठन भईक‍ो विपद ब्यवस्थापन समितिलाई सक्रिय भएर अगाडि बढनमा जोड दिनु भएको हो। विपद ब्यवस्थापन तथा प्रतिकार्यमा अाफ्नो पनि सहयोग रहने बताए ।

स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले भने कुनै बेला विपद अाउन सक्छ जस्ता भुकम्प , कोनाल्डो, कोभिन्ड, अागलगी, बाढिपिडि लगायत बिभिन किसिमका समस्याहरु देखिएको छ । त्यो बेला यहि स्वास्थ्यकर्मी, जनप्रतिनिधि ,संघसंस्था ,सुरक्षाकर्मी र संचारकर्मी लगायतले समयमा गएर सहयोग गरेका छन।

पालिका स्तरिय विपद व्यवस्थापन तथा प्रतिकार्य समिति लाई पुर्ण जागरण गराउन र सक्रिय बनाउन यो अभिमुखिकरण कार्यक्रम राखिएको बताए । स्वास्थ्य सह संयोजक शिव कुमार पटेलले विपदको समयमा हुने छति र विपदबाट बचने उपाय बारे प्रोजेक्टरको माध्यम बाट जानकारी गराउनु भएको हो। स्वास्थ्य सह संयोजक पटेलले भने कुनै समय बिपदा अाउदा उक्त समयमा नपुगदा अकालमा मृत्यु हुन सक्ने बताए । यदि समयमा उदार गरि स्वास्थ्य संस्थामा उपचार गराउन लगदा जान बाचाउन सकिन्छ । विपदको सम्य उदार गरि पठाउदन पिडितलाई अवस्था पशचान गरि तीन किसिमका चिन लगाएर स्वास्थ्य संस्था पठाउ जानकारी दिनुभएको हो ।

पिडितका अवस्था गम्भीर छ भने रातो चिन्ह अंकित गरि पठाउन सहित जानकारी गराउनु भएको हो। यस्ता समस्या अाएमा स्थानिय स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी,जनप्रतिनिधि लगायतको ठाउँमा जानकारी दिने जरुरी रहेको बताए ।

पालिका स्तरिय विपद व्यवस्थापन तथा प्रतिकार्य समबन्धी सरोकारवालाहरुलाई १ दिने कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको अध्यक्षतामम भएको कार्यक्रममा अधिकृत अजय श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा सभापति भगवान कुर्मी,युवा समाज पोखरियाका अध्यक्ष भगवान दास तत्वा, विपद व्यवस्थापन शाखा प्रमुख राजेश्वर कुर्मी, लगायत अा अाफ्ना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा स्वास्थ्यकर्मी , कर्मचारी , संघसंस्था ,संचारकर्मी लगायतको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित