Rashtriya Dainik

चट्याङ्ग लागेर खेतमा काम गरिरहेका एकजनाको मृत्यु

सप्तरी, असार १८ गते ।

सप्तरीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब साढे ८ बजेको समयमा बर्षासंगै आएको चट्याङले खडक नगरपालिका १० बेलहा बस्ने ४७ वर्षीय उमाकान्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाईते भएका उनलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला कार्यालय सप्तरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित