ज्ञानेश्वर सहानी / नवलपरासी , असार १८
पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी आज पश्चिम नवलपरासीको श्री गोरख दलको सभाहालमा विपद् जोखिमको पूर्व तयारी स्वरुप अभ्यास हातेमालो -५” संचालन अभ्यास सुरु गरिएको छ ।
नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास सुरु गरेका छ । घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्न बाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले स्थानियहरुलाई जानकारी गराउने तयारी गरेको छ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले स्थानियलाई समेत सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो । विशेष गरी स्थानिय तहलाई विपद्को समयमा हुने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायसँग आपसी समन्वय बढाई जनचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि प्रतिकार्य अभ्यास मार्फत आग्रह गरिएको छ ।
ठूलै विपद् आइलागेको जस्तो गरि गरिएको प्रयोगात्मक अभ्यास बाट सुरक्षा निकायलाई राहत र उद्दारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी, योगदान राष्ट्रको लागि , नेपाल स्काउट , NCC , रोटरी क्लब , नेपाल रेडक्रस लगायतको सहभागिता मा अभ्यास सुरु गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

