बिनोद निगम /नवलपरासी , १८ असार
पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका वार्ड नं १ शंकरपुर स्थित खार्खोलामा बस्दै आएका एक विपन्न अशक्त वृद्ध र अपांगता छोरालाई समाजसेवी तथा युवा नेता ब्रम्हानन्द लोहारले सहयोग गरेका छन् ।
आईतबार वृद्ध,अपाङ्गता भएको ब्यक्तिकाे घरमै पुगेर खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट हेरेपछि उनले आईतबार घरमै पुगेर एक बोरा चामल, तेल, पिठो, बिस्कुट सहित नगद पैसा सहयोग गरेका हुन् । माेती हरिजनका छोरा अपाङ्गता रहेको र घर पनि पानीले ढलेको अवस्थामा रहेको छ ।
वृद्ध र अपाङ्गता छोरालाई समस्या परेको फेसबुक पोस्ट हेरेपछि आफुले थोरै भएपनि सहयोग गरौं भन्ने उद्देश्यले चामल, तेल लगायत खाद्यान्न सहयोग गरेको बताए । “माेती हरिजन भने मेरो एउटा छोरा छन् उँ पनि अपाङ्गता हुन । उनले अहिलेको सहयोगले तत्कालका लागि समस्या समाधान हुने समेत बताए ।
यसभन्दा अघि पनि विभिन्न ठाउँमा सहयोग वितरण गरेका समाजसेवी तथा युवा नेताले भने, ‘वृद्ध, अपाङ्गताका जीवनी दुःखद् भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
वृद्धवृद्धाका लागि सहारासमेत कोही नभएकाले उनीहरूको दैनिकी पीडादायी भएको उनले बताए ।
युवा नेता तथा समाज सेवी लोहारले सहयोग दिँदा उनको मुहार चम्किलो बन्यो । ‘हाम्रो दुःख देखेर सहयोग गर्नु भयो । खुसी लागेको छ,’ उनले भने, ‘तपाइँले हामलाई हेर्नु भयो । तपाइँलाई भगवानले हेरुन् ।’
समाजसेवी धर्मेन्द्र माैर्य , पत्रकार लक्ष्मी हरिजन र स्थानीय वासीहरु उपस्थितिमा ब्रम्हानन्द लोहारले सहयोग गरेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

