Rashtriya Dainik

जन्मदिनमा फलफूलको बृक्षारोपण

नवलपरासी , १८ असार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपन्छी शाखाका पशु सेवा प्राबिधिक रमेश पान्डेयले आफ्नो जन्मदिनको अवसरमा फलफूलको बिरुवा रोप्नु भएको छ ।

बर्दघाट -४ दिब्यनगरस्थित दिब्य शान्ती युवा क्लबको संयोजनमा १६० वटा आँप , अम्बा , सुन कागती, लिची र पामलगायतको जातको बिरुवाहरु सार्वजनिक स्थलमा रोपिएको हो । युवा क्लब संचालनको लागि दीर्घकालीन रुपमा आर्थिक स्रोत ब्यवस्थापन होस् भन्ने उदेश्यले १५ हजार रुपैयाँ बराबरको बेर्ना उपलब्ध गराएको पान्डेयले जानकारी दिनुभयो ।

सो अवसरमा बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा , बर्दघाट-४ का वडाध्यक्ष बेधबिना तिवारी, नव दिब्य ज्योती प्राबिकी प्रधानाध्यापक सरस्वती भट्टराई,क्लबका अध्यक्ष खेम रानालगायत स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।

स्थानीय बासिन्दाले जन्मदिनको अवसरको ब्यक्तिगत खर्चमा बृक्षारोपण गरेको भन्दै पान्डेयलाई बधाई तथा शुभकामना दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित