Rashtriya Dainik

५ सय दरका १ सय ८० वटा नक्कली नोट सहित एक जना पक्राउ

काठमाडौं ।

प्रहरीले ५ सय दरका १ सय ८० वटा नक्कली नोट सहित एक मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा न.१ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनका काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको प्रहरीले बताएको हो । प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिएका हुन । उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित